हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

काठमाडौं (सल्यानन्युज) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्वार्ताहरूको संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक प्रकाशन भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वि.सं. २०७४ देखि २०७७ साल सम्म भिन्न मितिमा विभिन्न सञ्चारमाध्यममा प्रस्तुत अन्तर्वार्ताहरुलाइ पुस्तकमा समाबेश गरिएको छ ।

प्रचण्डका अन्तर्वार्ताहरुको संग्रह नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने विद्यार्थी तथा अन्य अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास लिएको प्रकाशक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्