हामी परिक्षण प्रसारणमा छौ



३० भदौ २०७८,सल्यान । नेकपा (एकिकृत समाजवादी) को सल्यानको सल्लिबजारमा हुने अगुवा कार्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्न चर्चित युवा नेतृ रामकुमारी झाँक्री सल्यान आउन लागेको नेकपा एसले जनाएको छ ।

पार्टीका जिल्ला सचिव रमेशकुमार गौतमका अनुसार बुधबार (आज) नेकपा एस को बनगाड कुपिण्डे नगरस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्री दिउँसो १२ बजे सल्लीबजार आउने कार्यक्रम तय भएको छ ।

उहाँका अनुसार उक्त कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री प्रकाश ज्वाला लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार, ,  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्