हामी परिक्षण प्रसारणमा छौ



२७ असोज,सल्यान । सल्यानको बनगाडमा बाबुले आफ्नै छोराको खुर्पा प्रहार गरी हत्या गरेका छन ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १० माझकाँडाका ३३ वर्षीय रुपलाल कंवर मगरको आफ्नै बावु अन्दाजी ५५ वर्षीय निम बहादुर कंवर मगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दशैको मासुको बिषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा अन्दाजी रातको १० बजे घारिलो हतियार खुर्पा प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभएको छ । सूचना अधिकारी पौडेलका अनुसार हत्या गर्ने बाबुलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार, ,  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्