६ कार्तिक,भालुबाङ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रीय उद्योग व्यापार संगठनको दोस्रो भेलाले खिम नारायण पराजुलीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार दाङको भालुबाङमा सम्पन्न दोस्रो अधिवेशन तथा सम्मेलनले अध्यक्षमा खिम नारायण पराजुली,बरिष्ठ उपाध्यमा खेम श्रीस,उद्योग उपाध्यक्षमा गुप्त बहादुर राणा,बाणिज्य उपाध्यक्षमा टंक बस्याल,खुला उपाध्यक्षमा दाङ तुलसीपुरका राजेन्द्र श्रेष्ठ सर्बसम्मत निर्वाचित गरेको व्यापार संगठनका केन्द्रीय सदस्य मिनराज भण्डारीले सल्यानन्युजलाई बताउनुभयो ।
यसैगरी मन्दीरा पाण्डे,महासचिवमा तारा रोकाया,कोषाध्यक्षमा विष्णु पाण्डे,उपमहासचिवमा कपिल पौडेल,सचिवमा दधिराम सापकोटा,सचिवमा मोहनसिंह ठकुरी र सहकोषाध्यक्ष नारदमणी पोख्रेललाई चयन गरेको छ । आज सम्पन्न दोस्रो भेला तथा अधिवेशनबाट सदस्यमा इश्वरी श्रीष,बिकाश बुढाथोकी,दिपेन्द्र विष्ट,रोशन सापकोटा,मिना मल्ल,दाङ तुलसीपुरका बेदप्रसाद ओली लगायत ५१ जनाको प्रदेश कमिटी चयन भई सपथ खुवाइएको व्यापार संगठनका केन्द्रीय सदस्य यज्ञ केसीले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य यज्ञ केसीका अनुसार भेलाले प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी समावेशी तरीकाले निर्विबाद सबैको सहमतिमा प्रदेश कमिटीको दोस्रो अधिवेशन सफलताका साथ सम्पन्न गर्दै अब राष्ट्रीय भेलाको तयारीमा जुटेको जानकारी दिनुभयो ।
Error generating audio.