तुलसीपुर । सहयोगी बचत तथा ऋण सहकारी संस्था, तुलसीपुरको आयोजनामा आज तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम संस्थाको महिला उपसमितिकी संयोजक कमला अधिकारीको अध्यक्षता र सहकारीका अध्यक्ष डिलाराम बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा निबर्तमान अध्यक्ष रुपबहादुर खत्री, उपाध्यक्ष लालबहादुर केसी, सचिव दुर्गा प्रसाद शर्मा, लेखा सुपरिवेक्षण समितिका संयोजक दशरथ वली, सल्लाहकार दुर्गा खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नयाँ सदस्यलाई स्वागत गर्दै अध्यक्ष बिष्टले सहकारीले बचत गर्ने बानी विकास गर्न योगदान पुर्याउने भन्दै आम्दानीको केही हिस्सा नियमित बचत गर्नाले कठिन समयमा सहयोग पुग्ने बताए। उपाध्यक्ष केसीले यो कार्यक्रम केवल तीज मिलन मात्र नभई सहकारी शिक्षाबारे जानकारी लिने अवसर पनि भएको उल्लेख गरे। सचिव शर्माले भने यस कार्यक्रमले चाडपर्वलाई सहज र सर्वसुलभ तरिकाले मनाउन सकिने सन्देश दिएको बताए।
कार्यक्रममा उपस्थित दिदीबहिनीहरूले खुशी साटासाट गर्दै तीज गीतमा छमछमी नाचेका थिए। मिना केसी वलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण दिलमाया बिकले गरेकी थिइन्।
Error generating audio.