हामी परिक्षण प्रसारणमा छौ



२५कार्तिक,सल्यान । दार्मा गाउँपालिका वडा नम्बर–३, फारुलाचौरमा रहेको जनज्योति मावि सल्यानमा रहेको सिताराम उपाध्याय संस्थापक अक्षयकोषमा एक लाख थप गरिएको छ ।

यस अघि टंकप्रकाश हमालबाट रु ४८५०० र दिदी भिमलादेबी चन्दबाट रु २५०० गरेर रु ५१ हजारको कोष स्थापना भएको थियो । आज उक्त रकममा स्वर्गीय सिताराम उपाध्यायका नाती मदनप्रकाश हमाल र नातिनी बुहारी चन्द्राकुमारी हमालले एक कार्यक्रमका बिच दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी (अरुण) मार्फत एक लाखको चेक बिद्यालयमा रहेको अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको छ ।
बिहीबार मदनप्रकाश हमाल र चन्द्राकुमारी हमालले अक्षयकोषमा एक लाख रकम थप गरेसँगै अब उक्त कोष रु १,५१,००० को रहने विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार उक्त कोषको बार्षिक ब्याजको रकमबाट जनज्योति माबि फारुलाचौरमा हुने सबैखाले कार्यक्रममा सक्रिय सहभागी रहेर कर्तव्य निर्बाह गर्ने एक जना छात्र र एक जना छात्रालाई हरेक बर्ष छनोट गरी समाजसेवा पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्