हामी परिक्षण प्रसारणमा छौ

नेपाल परिवार दल तेश्रो राष्ट्रिय महाधिवेशनको तयारी पुरा

दशैभरीबाट १५०० प्रतिनिधीहरु सहभागिता रहने



काठमाण्डौ । नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । दलले बुधबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ ।

“सबैखाले विभेदको अन्त्य गरौँ  सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ दलको राष्ट्रिय महाधिवेशन मङ्सिर ४–५ गते काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले अध्यक्षता गर्ने महाधिबेसनमा कोभिड १९ को संक्रमणलाई ध्यान दिदै पूर्ण स्वास्थ्य मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिबेसन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित दलका अध्यक्ष ढकालले बताउनुभयो । अध्यक्ष ढकालका अनुसार थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्ने प्रस्ताब समेत महाधिबेसनले पारित गर्न सक्ने बताउनुभयो ।
नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरी बाट चुनिएका १५०० प्रतिनिधि मध्ये ७०० जनाले भौतिक रुपमा उपस्थित भई सहभागी जनाउने छन् ।

बाँकीले अनलाइन मार्फत सहभागिता जनाउने छन् । महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका मित्र राष्ट्रका अतिथि पनि सहभागी हुनेछन । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना दिनुहुनेछ । महाधिबेसनमा निर्बाचन आयोगमा दर्ता भएका सम्पूर्ण राजनीतिक दललाई पनि आमन्त्रण गरिएको छ । महाधिबेशन सफलताको लागि विभिन्न १५ समिति हरु गठन गरिएका छन् ।

परिवार दलको भात्रु संगठन पिस फोर्सका २०० युवाहरुले महाधिबेशनमा स्वमसेबकको काम गर्नेछन । विभिन्न ४ राष्ट्रिय टेलिभिजन द्वारा लाइभ गरिनेछ । उद्घाटन सत्र र बन्द सत्र प्रज्ञा भबन कमलादीमा र घोषणा सभा क्राउन प्याजा होटल नक्सालमा हुनेछ । धेरैजसो कार्यकर्ता र शुभेच्छुकहरु आ–आफ्नो सास्कृतिक पहिरनमा आउनु हुनेछ । महाधिबेशन प्रतिनिधिको बासको लागि काठमाडौँमा १५ वटा होटेल बुकिङ्ग गरिएको छ । महाधिबेशनको खर्च २५००० क्रियाशील सदस्यको शुल्क, सुभेच्छुकहरुले स्वबिबेकले दिने सहयोग, प्रतिनिधिको दर्ता शुल्कको साथै प्रत्यक केन्द्रिय सदस्यले न्युनतम ५००० का दरले दिने सहयोग र निर्बाचनमा केन्द्रिय समितिका उम्मेदवारले तिर्ने मनोनोयन शुल्क (रु२००० देखि २५,०००सम्म) मार्फत संकलन गरिने दलका प्रवता सन्तोष कुमार पौडेलले जानकारी दिनुभयो ।

परिवार दलले तेश्रो राष्ट्रिय महाधिबेशन पूर्ण रुपमा सफल बनाउन हामि समस्त पार्टी पत्तिं, सुरक्षा निकाय, संचार क्षेत्र र सम्पूर्ण तह तप्काको आम जनसमुदायलाई अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार, ,  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्