हामी परिक्षण प्रसारणमा छौ



रोल्पा । दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी गाउँपालिका‐२,जलजलामा बिहिबार बेलुका पौने ६ बजे दुर्घटना भएको छ ।

रोल्पाका प्रहरी प्रवक्ता कृष्ण रानाका अनुसार अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउने चार जनाको शव फेला परेको छ । दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये ३ जना पुरुष र एक महिला रहेको छ । दुर्घटनामा अहिलेसम्म १७ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पा प्रहरीका अनुसार बस सहिद मार्गबाट झण्डै १०० मिटर तल माडी खोलामा खसेको छ । दुर्घटनामा घाइते १७ मध्ये १ जनाको अबस्था गम्भीर,३ जनालाई जिल्ला अस्पताल रोल्पा पठाइएको र अन्यलाई घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार, ,  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्