हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सल्यानको सभापतिमा केश बहादुर विष्ट विजयी हुनुभएको छ ।

नेपाली काँग्रेसको जिल्ला सभापतिमा केश बहादुर विष्टले ५१२ ल्याउँदै विजय हुनुभएको हो । निर्वाचनमा खसेको कुल मत १२३५ मत मध्ये विष्टका प्रतिस्पर्धी धुर्बराज पुरीले ५०७ प्राप्त गर्नुभएको छ । बिष्ट पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ । निर्वाचन समितिले आधिकारीक घोषणा केहीबेरपछि गर्ने कार्यक्रम रहेको जनाएको छ ।

पदाधिकारीको अन्तिम परिणाम यस्तो छ ।

जम्मा मत संख्या : १२८०
जम्मा खसेको मत संख्या : १२३५

सभापति
केश बहादुर बिष्ट : ६१२ (बिजयी)
ध्रुब राज पुरी : ६०७

उप–सभापति
गोपाल बुढाथोकी : ५०६
चक्र बहादुर देवकोटा : ५९६ (बिजयी)
दिल्ली बहादुर बुढाथोकी : ५६२
सन्तोष के.सी : ६२० (बिजयी)

सचिब

एक राज बुढाथोकी : ५५९ (बिजयी)
दिल्ली प्रसाद जैसी :५३१
प्रकाश भण्डारी :७०३ (बिजयी)
लोक राज आचार्य :४९७

सह–सचिब
खिम बहादुर रावत : ५६९
जनक राज गौतम : ६३४ (बिजयी)
पदम बहादुर बुढाथोकी : ५७५ (बिजयी)
बुद्धि प्रकाश हमाल : ५६४

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार, ,  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्