हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुुर,दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी आइतबार ४० जनाले उम्मेदवारी दिनुभएको छ । निर्वाचन समितिका संयोजक पुस्कर भण्डारीका अनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष खेमराज वली सहित ६ जनाले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन समितिका संयोजक पुष्कर भन्डारीका अनुसार उपाध्यक्ष पदका लागी ५ जना, सचिवका लागी ६ जना र कोषाध्यक्षका लागी ४ जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुका लागी १९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समिति संयोजक भन्डारीले सल्यानन्यूजलाई जानकारी दिनुभयो ।

निर्वाचन समितिले उम्मेदवार दर्ता समय आइतवार विहान १० बजेदेखी दिउँसो ३ बजेको तालिका सार्वजनिक गरेको थियो । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुको प्रथम नामावली आज बेलुका पाँच बजे प्रकाशन गरिएको छ भने अन्तिम नामावली भोली अर्थात १४ गते प्रकाशन गरिने छ । सर्वसम्मत हुन नसके यहि पुस १७ गते निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएको छ । (हेर्नुहोस् ४० जनाको विवरण सहित)

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार, ,  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्