काठमाडौं । गिनीज बुक अफ वल्र्ड रेकर्ड होल्डर दाङ तुलसीपुरका ऋषि परियारले यही आउँदो माघ १५ गतेदेखि उल्टो हिँडेर मेची–महाकाली यात्रा सम्पन्न गरेर फेरी अर्को किर्तीमानी कायम गर्ने जानकारी दिनुभएको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालको केन्द्रको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो यात्रा घोषना गर्नुभएको हो । फरक क्षमता देखाएर विश्वसामु नेपालको नाम राख्नु नै आफ्नो मुख्य उद्देश्य रहेको भन्दै आफुले यही माघ १५ बाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँड्ेर यात्रा गर्ने जानकारी दिनुभयो ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका‐३,रानागाउँ निवासी गिनीज बुक अफ वल्र्ड रेकर्ड होल्डर ऋषि परियारले आफुले पुर्वको मेची पुलदेखि पश्चिमको कञ्चनपुरसम्मको एक हजार २७ किलोमिटरको दुरी पारगर्न आफुलाई झण्डै दुई महिनाको समय लाग्न सक्ने जानकारी दिनुभयो ।

ऋषिले ‘स्थास्थ्यका लागि उल्टो पैदल यात्रा’ भन्ने नाराका साथ आफुले सुरु गर्न लागेको उक्त अभियान सफल बनाउन सबैले साथ र सहयोग गर्न अनुरोध गर्दै भन्नुभयो,‘मलाई यो यात्राका लागि तापाईहरुले आर्थिक सहयोग मात्र नभएर मलाई यात्रा अबधिभर बस्ने खाना र बास बस्नको लागि सहयोग गर्न सक्नुहुन्छ, त्यसको लागि तपाईहरुले मेरो मोबाइल नम्बर ९८६८–६२७८९९ र फेसबुकमा (ऋषि परियार) मार्फत सिधैं सम्पर्क गर्नसक्नुहुन्छ ।’

ऋषिले यसअघि सन् २०२० मा ‘दी मोस्ट जम्पीङ ज्याक्स इन् वान मिनेट’ को टाईटलमा गिनीज बुकमा नाम लेखाईसक्नुभएको छ । उहाँले माघ १५ देखिको आफ्नो यात्रार र सुरक्षाको लागि आफुले गृह मन्त्रालयलाई जानकारी गराउँदा अभियान अबधिभरको सुरक्षा व्यवस्था गृहले नै गर्ने जानकारी पाएको बताउनुभयो ।

Error generating audio.

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार, ,  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्