हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको छत्रेश्वरीमा घाँस काट्न गएकी एक महिलाको रुखबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका‐२, डिग्रे निवासी ५४ वर्षीया भीमा घर्ती रहेको छत्रेश्वरी गाउँपालिका‐२,का वडा अध्यक्ष प्रेम खडकाले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

वडा अध्यक्ष खड्काका अनुसार मृतक भीमा घर्ती बुधबार बिहान करिब ९ बजेतिर घरबाट घाँस काट्न भनी निस्केको तर अपरान्ह ४ बजेसम्म घर नआएपछि परिवारले खोजी गर्दा घर नजिकैको रुखबाट खसेर मृत्युु भएको अवस्थामा फेला पारी स्थानीयबासीलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमाचौरको टोलिले मुचुल्का बनाई शव पोष्टमार्टको लागि जिल्ला अस्पताल खलंगा पठाएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार, ,  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्