हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नम्बर‐४,पेदिखोलामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । खैराबाङ मिडिया हावस र स्थानीय युवाको आयोजनामा हुने उक्त कार्यक्रम यही पुस ३० गतेदेखि हुनेछ ।

खेलकुद कार्यक्रममा वडा स्तरिय खुल्ला भलिबल, खुल्ला ब्याडमेन्टेन, लोक दोहोरी, स्वलो बाइक रेस, अण्डा समात्ने लगाएतका विभिन्न प्रतियोगिताको आयोजना गरीएको आयोजक समुहका एक खगेन्द्र वलीले जानकारी दिनुभयो ।

वलीका अनुसार भलिबलमा प्रथम पुरस्कार ४५ हजार, द्वितीय ३५ हजार र तृतीय २५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । यसमा दर्ता शुल्क ४ हजा ५ सय तोकिएको छ ।

त्यस्तै ब्याडमेन्टेनमा पुथम ५ हजार र द्वितीय ३ हजार पुरस्कार रहेको छ । यसमा दर्ता शुल्क ४ सय निर्धारण गरिएको छ । लोक दोहोरीमा प्रथम २ हजार, द्वितीय १ हजार ५ सय र तृतीय एक हजार पुरस्कार रहेको छ भने दर्ता शुल्क ४ सय तोकिएको छ ।

३ सय दर्ता शुल्क रहेको स्वोलो बाइक रेसमा ६ हजार पुरस्कार रहेको छ भने अण्डा समात्ने प्रतियोगितामा प्रथम हुनेलाइ १ हजार ५ सय र द्वितीय हुनेलाइ एक हजार पुरस्कार रहेको छ । यो खेलमा ३ सय दर्ता शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार, ,  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्