हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुर नगर जेसिजको नयाँ नेतृत्व चयनका लागि शोमबार निर्वाचन भएको हो ।

नगरजेसिज वर्ष २०२२ का लागि सोमबार भएको निर्वाचनबाट अध्यक्षमा केशवराज केसी निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिस्पर्धीमा मानबहादुर बस्नेतले उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा सन्दिप भुषाल र चेतन कडेँल निर्वाचित हुनुभएको छ भने उहाँ दुबैको प्रतिस्पर्धीमा कृष्णप्रसाद पोखरेल र बुद्धिराज सापकोटाको उम्मेदवारी परेको थियो ।

त्यस्तै उपाध्यक्षमा सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल निर्वाचित भएका हुनुभएको छ । उपाध्यक्षका अन्य दुई उम्मेदवार कमल सापकोटा र झग्गु प्रसाद सापकोटा उपबिजेता बन्नुभएको छ ।

यसैगरी वर्ष २०२२ को सचिवमा सुरज भण्डारी निर्वाचित हुनुभएको तुलसीपुर नगरजेसिजले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार, ,  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्