हामी परिक्षण प्रसारणमा छौ



सल्यान । पछिल्लो २४ घण्टामा सल्यान जिल्लाभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्ये सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीका अनुसार बुधवार ४८ को ऐन्टिजेन परीक्षण गर्दा २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी डिसीका अनुसार जिल्लामा हाल एक सय जना भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु होम आइसोलेसनमा उपचाररत रहेका हुनुहुन्छ भने बुधबार (आज) तिन जना कोरोनामुक्त हुनुभएको छ ।

 

न्यायधिशलाई कोरोना देखिएपछि सल्यान जिल्ला अदालतको सेवामा कटौती

यसैगरी सल्यान जिल्ला अदालतका न्यायाधीश सहित अन्य केही कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै जिल्ला अदालतले अति आवश्यक मुद्दामा मात्र सेवा प्रवाह गर्ने भन्दै बुधबार एक सूचना जारी गरेको छ ।

सूचनामा एन्टिजेन परीक्षण गर्दा न्यायधिश सहित अन्य केही कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले अत्यावश्यक बाहेक यही माघ ७ गते सम्मका लागि सेवा कटौती गरिएको सूचनामा उल्लेख गरिएको छ । अदालतले हदम्याद सकिने फिराद पत्र, उजुरी पत्र, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान तथा थुनछेक आदेश, पक्राउ पुर्जी जारी तथा जरुरी पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने सेवा प्रवाह नरोकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार, ,  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्