हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं – बुधबार रातीदेखि लागुहुनेगरी नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । निगमले बुधबार राती देखिलागु हुनेगरी पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।

निगमले मूल्य बढाएपछि पेट्रोलको मूल्य १३९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ प्रतिलिटर भएको छ ।यस्तै, हवाई इन्धन आन्तरिक उडान तर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएको नेपाल आएल निगमले जनाएको छ ।

जसअनुसार हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोलिटर भएको छ ।निगमले अन्तराष्ट्रिय क्षेत्रमा भएको मूल्यको उतारचढाबले गर्दा नेपालमा आफुहरुले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार, ,  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्