हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि पहिले थाइल्यान्ड र पछि चीन पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आफ्नो स्वास्थ्य उपचार सकाएर सोमबार स्वदेश फर्कन लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

पुनको स्वकीय सचिवालयले जनाए अनुसार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनले वर्षमान पुनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेकोले उहाँ सोमबार (पर्सी) बेलुका ८ बजे नेपाल फर्किन लाग्नुभएको हो ।
आफ्नो उपचारको क्रममा चीनमा रहनुभएका नेता वर्षमान पुन पार्टीको आठौं महाधिवेशनमा समेत आउन सक्नुभएको थिएन ।

महाधिवेशनले पार्टी अध्यक्षमा प्रचण्ड र केन्द्रिय सदस्यहरु चुने पनि महासचिव लगायत अन्य पदाधिकारी चुन्न महाधिवेनले केन्द्रिय सदस्यलाई जिम्मा दिएको र आफु आएपछि मात्र महासचिव लगायत अन्य पदाधिकारीको टुंगो लगाउन पुनले चीनबाट आग्रह गरेकोले माओवादीको पदाधिकारी चयनको प्रक्रिया मिति पछि धकेलिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार, ,  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्