हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जना कोरोना संक्रममित थपिएका छन् ।

शोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा जम्मा १६ हजार ८८ जनाको कोरोना परीक्षणबाट थप ५ हजार २९२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै,पछिल्लो २४ घन्टामा ८ हजार १९१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । र, गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार, ,  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्