हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा गत २४ घण्टामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शोमबार सल्यानमा कुल ७३ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले दिएको जानकारी अनुसार शारदा नगरपालिकामा ३३ जनाको परीक्षण गर्दा ११, त्रिवेणी गाउँपालिकामा २ जनाको परीक्षण गर्दा शून्य, कपुरकोटमा ३ जनाको परीक्षण गर्दा २, बागचौर नगरपालिकामा २७ जनाको परीक्षण गर्दा २४ र सिद्ध कुमाख गाउँपालिकामा ८ जनाको कोरोना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार कोरोना संक्रमित ३९ जना नै होम आइसोलेसनमा बसेका छन् । जिल्लामा हाल २ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यसैगरी गत २४ घण्टामा होम आइसोलेसनमा उपचार गराइ रहेका २७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार, ,  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्