हामी परिक्षण प्रसारणमा छौ



२६ माघ,सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर–२,का अन्दाजी ४० वर्षीय शोभाराम कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार कामको शिलशिलामा सोही गाउँपालिकाको वडा नम्बर–१, कागखोलामा गएका मृतक शोभाराम कामी घर फर्किने क्रममा घरेलीडाँडा जङ्गलबाट लडेर उनको मृत्यु भएको हो । स्थानीयले बुधवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव बाटोबाट झण्डै चार सय मिटर तल पेदिखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । हाल उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार, ,  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्