हामी परिक्षण प्रसारणमा छौ



२८ माघ, दाङ । दाङ जिल्लाभर फागुन १ गते देखि भौतिक रुपमा पढाई सञ्चालन हुने भएको छ ।

कोभिड संकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरि कक्षा सञ्चालन गर्न निर्णय गर्दै सबै विद्यालयलाई विद्यालय सञ्चालन गरी पढाई सुचारु गर्न आग्रह गरेको हो । यसैगरी शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठले १२ बर्ष पूरा नभएका विद्यार्थीहरुको हकमा भने आलोपालो दिन गरेर कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।

बैठकले होटेल, रेष्टुरेन्ट, डान्सबारलगायत रात्रीकालीन व्यबसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल स्वास्थ्य मापदण्ड अपनाई सञ्चालनकोे अनुमति दिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

बैठकले पार्टी प्यालेसहरु पनि बढिमा ५० प्रतिशत वा १०० जनामा नबढ्ने गरि सञ्चलालन गर्न, खेलकूदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरि सञ्चालन गर्न अनुमति दिएको कोभिड संकट व्यवस्थापन केन्द दाङले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार, ,  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्