हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । देशभर (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही समयमा नेपालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कूल ८ हजार १४० जनाको स्वाब परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आ पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा कोरोना देखिएको हो ।

यस्तै देशभरमा पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना निको भएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार, ,  १० : २३ बजे

प्रतिक्रिया दिनुहोस्