हामी परिक्षण प्रसारणमा छौ



कुमाख । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको बस सल्यानको कुमाखमा गाउँपालिका –२ खारखोलामा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

गम्भीर घाईते हुनेहरुमा कुमाख गाउँपालिका ४ बस्ने बर्ष ४० की देबी बुढाथोकी, सोही ठाउँ बस्ने १३ बर्षिय उत्तम बिसी, बर्ष ५० की छाया शाही, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने बर्ष ३८ की साहुनी गोसाई, सोही ठाउँका बर्ष ४० का खड्क बहादुर गोसाई र कुमाख गाउँपालिका १ का बर्ष १५ का निम बहादुर बुढाथोकी रहेका सल्यान जिल्लाका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए ।

 

घाइतेहरुको उद्धारका लागी ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमबाट प्रहरी निरीक्षक कृष्ण डाँगी नेतृत्व र इलाका प्रहरी कार्यालय रागेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटिई घाइतेहरुको उद्दार भएको प्रहरी प्रमुख थापाले जनाए । २५ जना सवार रहेको बस साँझ करिब ४ः२० मा र्दुघटना भएको भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सामान्य घाईते भएकाहरुको स्थानिय मेडिकलहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस सडक बाट ३० मिटर तल खसेको थियोे । थप बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

गाडी चालक र सहचालक भने फरार रहेका छन् । उनिहरुको खोजि भैरहेको र घटनाबारे अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।

 

दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरिदै ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार, ,  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्