हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।

प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेको स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

संशोधनबिना एसमीसी पारित गर्न नहुने अडानमा रहनुभएका प्रचण्ड व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको पक्षमा तयार भएपछि माओवादीभित्र पछिल्लो समय असन्तुष्टि बढिरहेकोले एमसीसी पारित गर्ने पक्षमा आफू किन पुगेँ भन्ने कुरा पत्रकार सम्मेलन मार्फत् प्रष्ट पार्ने प्रचण्डको तयारी छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार, ,  २ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्