हामी परिक्षण प्रसारणमा छौ



बनगाड कुपिण्डे । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ र ७ को मैदुपोखरीमा बिहिबार बिजुली बत्तीको उद्घाटन गरिएको छ ।

बिहिबार नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाट गर्दै अब ६ र ७ नम्बर वडाबासी बत्तिको असुबिधाबाट कोही बिमुख पनि बिमुख नहुनेगरी आफुले काम गरिरहेको जनाएका छन् । आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका प्रतिवद्धता मध्ये महत्वपूर्ण काम पूरा हुदै गएको उनले बताए ।

वडाका सबै केन्द्रमा यहि आर्थिक वर्ष भित्रमा बत्ति बाल्ने गरी काम भइरहेको उनको दावी छ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सबै काम हुने छन् भन्दै उनले भने, बत्ती बलेपछी अब यो स्थानमा खानेपानीको टड्कारो समस्या हट्ने छ । सामान्य कामको लागि अब अल्झनुपर्ने छैन । अब बाँकी स्थामा पनि चाँडै बत्ती बल्ने छ । त्यस तर्फ मेरो ध्यानाकर्षण भएको छ ।’

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य आशा वली, नेकपा जिल्ला कमिटी सदस्य धनवहादुर पुन, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्ती, शिव शक्ति प्रिजमा निर्माण सेवाका प्रमोद खड्का लगाएतले मन्तव्य राख्दै जनप्रतिनिधिले नागरिकका लागि यस्तै राम्रा काम समयमै गर्नुपर्ने र विकासका काममा सबैको हात्तेमालो हुन जरुरी रहेको भनाई राखेका थिए ।

वडा अध्यक्ष भोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेकपाका नेता तथा वडा नम्बर ७ का अध्यक्ष प्रकाश वलीले गरेका थिए । ११ केभी लाइनको काम पूरा भएकोले अब चाँडै सबै गाउँ वस्तिमा वत्ती जडान गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार, ,  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्