हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आजदेखि सल्यानमा सुरु भएको छ । मंगलबार सल्यान सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी  कांग्रेसले ‘घर- घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको घोषणा गरेको हो । 
एक महिने ‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले आगामी निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउदै सल्यानमा पनि पहिलो पार्टी बनाउन सबै लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
केन्द्रिय सदस्य शाहले निर्वाचनमा हाम्रो भन्दा राम्रो ब्यक्ती आउनुपर्ने धारणा राख्दै पद सबैभन्दा ठूलो नभई काम ठूलो हुने बताउनुभयो । संविधानसभा सदस्य समेत रहनुभएका शाहले यो एक महिने अभियानमा पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बनाउन विशेष पहल कदम लिनुपर्नेमा जोड दिनुभयो ।
आउदो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली कांग्रेसको कांग्रेस जिताऔँ अभियान पहिलो चरण हुने नेपाली कांग्रेस सल्यानका उपसभापति सन्तोष केसिले जानकारि दिनुभयो । जिल्लाका दशै वटा पालिकामा एकसाथ कार्यक्रम सुरु भएको केसीको भनाइ छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार, ,  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्