हामी परिक्षण प्रसारणमा छौ




काठमाण्डौ । एक दशक देखी नेपाली चलचित्र उद्योगमा काम गर्दै आउनुभएका अभिनेता तेज गिरी अब प्रेमगञ्ज चलचित्र मार्फत नेपाली दर्शक माझ आउने हुनुभएको छ । अभिनेता गिरीले यस अघि चलचित्र पञ्चेबाजा, द्यौली, वडा अध्यक्ष लगायतका चलचित्रहरु र केही सर्ट फिल्ममा समेत अभिनय गरेर आम दर्शकहरुको मन जित्न सफल हुनुभएको छ ।

यस अघिका चलचित्रमा भन्दा प्रेमगञ्जमा आफ्नो अभिनय केहि फरक ढंगमा भएकोले आफु र निर्देशक परिच्छेद सेन पहिलेभन्दा धेरै आसाबादि रहेको र दर्शकले नि पक्कै पनि माया गर्नुहुनेछ भन्नेमा आफुहरु आसाबादि रहेको बताउनुभयो ।
परिच्छेद सेनले निर्देशन गरेको प्रेम सम्बन्ध र जीवन संघर्षमा आधारित रहेर निर्माण भएको चलचित्र प्रेमगञ्जलाई हुन् यस अघि सेनले मुख्य सहायक निर्देशकका रूपमा मसान, द्यौली, माला, सेतो बाघ, नयाँ नभन्नु ल–३, अग्नि दहन, सेफ ल्यान्डिङ, लभर्स जस्ता चलचित्रहरुमा काम गरिसकेका छन् । अभिनेता गिरी सफल बैकर्स पनि हुन् उनि विगत १६ वर्ष देखी निरन्तर रुपमा बैकिंङ क्षेत्रमा कार्यरत रहेका छन् ।

आउने भदौ ३ गते भव्यरुपमा देश भरका सिनेमाहलहरुमा चलचित्र प्रेमगञ्जको प्रदर्शन हुनेभएको छ । चलचित्रमा अभिनेता तेज गिरीका साथमा बेनिशा हमाल, सुरक्षा पन्त, सम्पदा बानियाँ, सुप्रिया खनाल, राईडर प्राशन, सिमरन खड्का, आयुषी ढकाल, आयुष ढकाल, पवन भट्टराई लगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ। चलचित्रलाई संजय लामाले लोभलाग्दो तवरले खिच्नुभएक्क छ ।

चलचित्र आउदो २०७९ साल भदौ ३ गते श्रीकृष्ण जन्माष्टमीको दिन प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। झण्डै दुई करोड पाँच लाखको लागतमा तयार भएको नेपाली कथानक चलचित्र प्रेमगञ्जले दर्शकहरुको मन जित्नेमा आफुहरु निकै आशावादी रहेको अभिनेता गिरिको भनाइ रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार, ,  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्