हामी परिक्षण प्रसारणमा छौ




काठमाडौँ । नेपाल आयल निगमले बुधबार रातिबाट लागुहुनेगरि फेरि  इन्धनको मूल्य बढाएको छ। बुधबार निगम सञ्चालक समितिको बसेको बैठकले मध्यरातबाट  लागुहुनेगरि इन्धनको मुल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

निगमले तोकेको नयाँ  मूल्य सूचीअनुसार अब एक लिटर पेट्रोलको १५५ रुपैयाँ तोकिएको छ भने मट्टीतेल र डिजेलको १३८ रुपैयाँ पर्ने भएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने पहिलेकै यथावत राखिएको छ ।

हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँगै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ।

तर,हवाई इन्धनमा निगमलाई नाफा भएपनि अहिले पनि पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा र एलपि ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा भैरहेको निगमको दाबी छ। 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार, ,  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्