हामी परिक्षण प्रसारणमा छौ



बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नेकपा एमालेसँग गठबन्धन हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

बिहीबार प्रेस सेन्टर नेपालले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा  बोल्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताउनुभएको हो।  प्रचण्डले भन्नुभयो, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’

प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संग आफुले छ्लफल गर्दा कुनै  हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्ने  तहमा पाएको बताउनुभयो।तर, प्रचण्डले नेपाली कांग्रेसका केही नेताहरूले कुनै हालतमा चुनावी तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको प्रति प्रतिक्रिया दिदै भन्नुभयो , ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन,राजनिति संभावनाको खेल भएकोले एमालेसंग तालमेल नहोला भन्न सकिन्न ।’

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार, ,  १२ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्