हामी परिक्षण प्रसारणमा छौ



दाङ । मंगलबार राती दाङको देउखुरीमा मोटरसाईकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार  मंगलबार राती पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका वडा नम्बर १ कौडियामा लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटनाम परी मोटरसाईकल चालक लमही नगरपालिका-३, बस्ने बर्ष ३१ का किसन चौधरीको  मृत्यु भएको हो।

प्रहरीका अनुसार सोही मोटरसाईकको पछाडी सवार कपिलबस्तु जिल्ला त्रिपुरा नगरपालिका-८ का २८ बर्षिय विरेन्द्र यादब गम्भिर घाईते हुनुभएको छ । घाईते यादवको अहिले बुटवलमा उपचार भैरहेको छ ।

भालुबाङ बाट लमही तर्फ आउने क्रममा मोटरसाईकल मंगलबार राती दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार, ,  १ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्