हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरेर ११ जना माओवादि केन्द्रमा समाहित हुनुभएको छ ।

मंगलबार नेपाली कांग्रेसका गेद लाल रोका,बल बहादुर बिक, सुकलाल बिक,मोहन यरि, सम्झना बिक,जोति परियार, चित्रे रकाल, सिल्पा रोका,रिता रकाल लगायत ११ जना माओवादी केन्द्रमा समाहित हुनुभएको हो। नब प्रबेसिलाई स्वागत गर्दै माओवादी केन्द्र कर्णालि प्रदेस सदस्य प्रमोद कुमार श्रेष्ठले सबै जनताको आसा र बिस्वासको केन्द्र माओवादि नै भयकोले पार्टी प्रवेशको लहर चलेको बताउनुभयो ।

                                                                          श्रेष्ठले बिकास, न्याय, स्वतन्त्रता, धर्म निरपेक्षता र समानुपातिक सहभागिताको ग्यारेन्टिको लागि अबको स्थानिय चुनाबमा माओवादीलाई भोट हाल्नु पर्ने र जिताउनु पर्ने भन्दै शारदा नगरको अबको मेयर माओवादिको नै हुने दाबि गर्नुभयो ।

आज बिहान वडाको वर्ड गाउँमा भयको पार्टी बैठकमा शारदा नगर समिति कोषाध्यक्ष चेतन गिरी ,वडा ईन्चार्ज घनश्याम नेपाली नगर सदस्य गाजलि सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।

वडा अध्यक्ष चन्द्र बहादुर बिक को अध्यक्षतामा संचालन भयको सो बैठकले स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सबै टोलमा टोल कमिट गठन गर्ने, नगर र वडा सरकारका गलत कामको भन्डाफोर गर्ने लगायतका निर्नय गरेको छ भनेउक्त कार्यक्रमको सहजीकरण नगर सदस्य गनेश बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार, ,  २ : ३० बजे

प्रतिक्रिया दिनुहोस्