काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले नेकपा (एमाले) ले आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गत २०७४ को चुनाव भन्दा बढी स्थानीय तह जित्ने रिपोर्ट प्रस्तुत गर्नुभएको छ।

मंगलबार (आज) बाट काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा रिपोर्टिङ गर्दै एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेशभरका कुल ७९ स्थानीय तह मध्ये २९ स्थानीय तह भन्दा बढी तहमा गठबन्धन नभएको खण्डमा एमाले एक्लैले जित्ने प्रक्षेपण गर्नुभएको थियो ।

तर,अध्यक्ष शाहले गठनबन्धन गरेर अन्य दल चुनावमा गए १५ स्थानीय तह नेकपा एमाले नै कसैगरी जित्ने जिकिर गर्नुभएको छ । गत ०७४ को स्थानीय तह निर्वाचनमा एमाले एक्लैले २९ स्थानीय तहमा जित निकालेको थियो ।

प्रदेश अध्यक्ष शाहले सल्यान र रुकुम पश्चिमबाट जिल्लागत रिपोर्ट आफुसमक्ष नआएको तर हुम्ला , डोल्पा , मुगु, जुम्ला , कालिकोट दैलेख र सुर्खेतमा अझै पनि एमालेको बलियो पकड कायमै रहेकोले धेरै जसो स्थानीय तह जित्न सकिने दाबि सहित रिपोर्टिङ गर्नुभएको थियो ।

Error generating audio.

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार, ,  ४ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्