हामी परिक्षण प्रसारणमा छौ



पोखरा । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ सर्बसम्मत चयन हुनुभएको छ। अन्य पदाधिकारीमा भने निर्बाचन भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले जनाएको छ।

बिहीवार (आज) प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष निर्बाचित गरेको छ । आज निर्बाचित हुने उपाध्यक्षमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्र शरण शर्मा रहनुभएको छ।

यस्तै पार्टी प्रदेश सचिवमा गोर जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक निर्बाचित हुनुभएको  छ भने अधिवेशनले कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल निर्वाचित गरेको छ ।अन्य प्रदेश सदस्यहरु भने यसअघि नै प्रदेश अधिबेशनले सर्बसम्मत चयन गरिसकेको छ।





प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार, ,  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्