हामी परिक्षण प्रसारणमा छौ



दाङ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पुर्बसभामुख  कृष्णबहादुर महराका सोकीय सचिव प्रमोद शर्मा नेकपा  एमालेमा प्रवेश गर्नुभएको छ।

बिहीबार काठमाडौंमा प्रमोद शर्मालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नुभएको हो । प्रमोद शर्मासँगै उहाँको श्रीमती सीता चाैधरी समेत आजै एमालेमा प्रवेश गर्नुभएको छ । अब कम्युनिस्ट पार्टीको नेतृत्व एमालेले  मात्र गर्नसक्ने र पछिल्लोपटक माओवादी गैरराजनीतिक चरित्रको भएकाले आफुहरु एमालेमा प्रवेश गरेको दुबैको दाबी छ ।

यसअघि शर्मा माओवादी घोराही उपमहानगरको पार्टी अध्यक्ष हुनुहुन्थ्यो भने उहाँको श्रीमती गत स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीको तर्फबाट उपमेयरमा चुनावमा लडि पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार, ,  १२ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्