हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । शनिबार बसेको नेकपाको सचिवालय बैठक केहिबेर अघि सकिएको छ । आजको बैठकले नेकपा सचिवालय बैठकमा सहमति नजुटेको भन्दै नेकपाका दुबै अध्यक्षका प्रस्ताब स्थायी कमिटीमा लैजाने निर्णय गरेको पार्टी प्रवक्ता तथा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

बैठक सुरु हुनुअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड झण्डै २५ दिनको संबादहिनतालाई तोड्दै बालुवाटारमा एक्लाएक्लै भेटवार्तामा सहभागी भएका हुन ।

शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने जनाइएको थियो । नेकपाको स्थायी कमिटीमा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार, ,  ५ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्