हामी परिक्षण प्रसारणमा छौ



चैत १७ सल्यान – दाङबाट सल्यान अरबारेका लागि छुटेकाे यात्रुबाहक बस दुर्घटना हुदा ५ जना घाइते भएका छन।

दाङ तुलसीपुरबाट सल्यानकाे दार्मा गाउँपालिका –६ आरूबारेका लागि छुटेकाे लु २ ख ११०९ नम्बरको बस बिहीबार बेलुका अन्दाजी ७: १५ बजेतिर अरबारे नजिकै सडकमै पल्टिदा दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका हवल्दार थम्मन बहादुर डाँगीका अनुसार उक्त दुर्घटनामा परी दार्मा गाउँपालिका -५ का २८ वर्षिय सन्तोष रोकाय, साेहि ठाउका ६२ वर्षिय गोपिलाल ओली, ७२ वर्षिया सर्किनि ओली, २५ वर्षिया साबित्रा राेकाय, ४४ वर्षिय पिमकली राेकाय  र वडा नं. -६ का  ३१ वर्षिय अर्जुन रोकाय घाइते हुनुभएको छ ।

घटना लगत्तै ट्राफिक प्रहरी पाेष्ट सिमखाेलीबाट ट्राफिक प्रहरी जवान नवराज जैसीकाे कमान्डमा गएकाे प्रहरी टाेलीले घाइतेहरुकाे उद्वार गर्ने काम सम्पन्न गरेर घाइतेको थप उपचारका लागि श्रीनगर लिने तयारी गरिएको छ। बस चालक राजेश कँवर भने फरार रहेकाले खाेजि गरिरहेको सिमाखोली प्रहरीले जनाएको छ।

उक्त गाडिमा ६ जना मात्र यात्रु रहेको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका हवल्दार थम्मन बहादुर डाँगीले जानकारि दिनुभयो।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार, ,  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्