हामी परिक्षण प्रसारणमा छौ



जिल्लाको बागचौर नगरमा हजार दिनका आमाहरू लाई पौष्टिक आहार वितरण गरिएको छ । नगरको ७ नं वडामा रहेको स्वास्थ्य चौकिमा आज एक कार्यक्रमको बिच नगरप्रमुख लोकमान बुढाथोकीले सर्वोत्तम पिठो वितरण गर्नुभएको हो ।

१८२ जना आमाहरुलाई ४४६ प्याकेट सर्वोत्तम पिठो वितरण गरिएको उक्त स्वास्थ चौकिका प्रमुख धनु पुन ले वताउनु भएको छ । हरेक आमाले पाउनै पर्ने पौष्टिक आहार पाएपछि हजार दिनका आमाहरुले बागचौर सरकारका प्रमुखलाई आभार प्रकट गरेका छन् ।

सर्वोत्तम पिठो वितरण कार्यक्रमलाई बागचौर नगरपालिकाले आर्थिक सहयोग गरेको हो भने यसको सहजीकरण सुआहारा कार्यक्रम र स्वास्थ चौकि कोटवाराले गरेका हुन ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार, ,  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्