हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान सिद्धकुमाख गाउँपालिका -१ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।वार्षिक नीति, कार्यक्रम र बजेटमा उल्लेख भए बमोजिम शनिबार सिद्वकुमाख गाउँपालिकाले वडाका जेष्ठ नागरिकलाई झोला र बलाङ्केट सहित सम्मान पत्र वितरण गरिएको वडा अध्यक्ष राम बहादुर बस्नेतले जानकारी दिनुभयो।

बस्नेतका अनुसार प्रत्येक वर्ष जेष्ठ नागरिकको लागि वडाले ७५ हजारका दरले बजेट छुट्याउदै आएकोले त्यही अनुरुपको कार्यक्रम गरेको भन्दै उहाँले भन्नुभयो, ‘ज्येष्ठ बुबा-आमाहरुको सम्मानको कार्यक्रम हरेक बर्ष गर्दै आएका छौं । जसले गर्दा उहाँहरुको सहज जीवनयापनमा सहयोग पुगेको छ, विकास निर्माणको काम त भैरहेको छ । तर हामीले सामाजिक क्षेत्रलाई पनि संगसंगै लगेका छौं ।”

 उहाँका अनुसार पहिलेका वर्ष भन्दा यो वर्ष जेष्ठ नागरीकको सहभागिता धेरै रहेको थियो। ७० वर्ष माथिका ९२ जना जेष्ठ नागरिकलाई सम्मान पत्र सहित प्रति व्यक्ति एक–एक थान झुल र बलाङ्केट वितरण गरिएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । 

यसैगरी गाउँपालिकाले जेष्ठ नागरिक सहित अपाङ्गता भएका व्यक्तिहरूलाई यसै साताको आइतबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । वडा अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष  चित्र बहादुर चलाउने  र गाउँपालिका उपाध्यक्ष  पुष्पा बोहराको समेत सहभागीता रहेको वडा नम्बर १ कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार, ,  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्