हामी परिक्षण प्रसारणमा छौ



२५ चैत्र सल्यान । जिल्लाको बागचौर नगरपालिकामा विद्यार्थीलाई सोलार तथा ज्येष्ठ नागरिक लाई रेडियो वितरण गरिएको छ । नगरका ६८ वटा विद्यालयका कक्षा तथा स्कुल प्रथम हुने जेहेन्दार विद्यार्थी हरुलाई हाते सोलार वितरण गरिएको हो । उक्त सोलार नगरप्रमुख लोकमान बुढाथोकीले प्रत्येक स्कुलमा गएर विद्यार्थी हरुलाई प्रदान गर्नुभएको हो ।

कक्षा १२ सम्मका विद्यालयमा १२ र उक्त विद्यालयमा सर्वोत्कृष्ट अंक ल्याउने १ गरि १३ जनालाई, कक्षा १० सम्मका विद्यालयमा ११ जनालाई, ८ सम्मका विद्यालयमा ९ जना लाई सोलार प्रदान गरिएको प्रमुख बुढाथोकीले बताउनु भयो । उहाँले विद्यार्थी को पढाइ प्रति उत्प्रेरणा जगाउन सोलार वितरण गरिएको बताउनु भयो ।

यस्तै नगरमा रेडियो वितरण गरिएको छ । ७२ वर्ष भन्दा माथिका सबै ज्येष्ठ नागरिक लाई १-१ थान रेडियो वितरण गरिएको छ । रेडियो नगरको १२ वटै वडामा वितरण गरिएको प्रमुख बुढाथोकीले बताउनु भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार, ,  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्