हामी परिक्षण प्रसारणमा छौ




चैत २८,सल्यान  । सल्यानमा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार छनौट गर्न एक  कार्यदल गठन गरेको छ ।

आइतबार नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितिको श्रीनगरमा बसेको विस्तारित बैठकले सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले गठन गरेको कार्यदलमा कृति बहादुर पुन, भिम प्रकाश शर्मा, निम बहादुर केसी, रत्न बहादुर ओली,ज्ञान बहादुर ओली, चित्र बहादुर केसी र धर्मे बुढाथोकी रहनुभएको माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका संयोजक कृति बहादुर पुन (प्रकान्ड)ले जानकारी दिनुभयो ।

पुनका अनुसार कार्यदलले सबै वडा देखि पालिकासम्मका पार्टीका उम्मेदवारहरु अबको पाँच दिन भित्र छनोट गरिसक्ने छ । यस्तै बैठकले केन्द्रिय नीति अनुसार जिल्लामा सबै पार्टीसँग तालमेल गरेर जानको लागि तयारी गर्ने र त्यसका आधारहरु खोज्ने, जिल्ला १० वटै पालिकाका वडा देखि पालिका सम्मको सबै सिफारिस एक हप्ता भित्र जिल्ला समन्वयमा  पेस गर्ने निर्णय समेत गरेको छ ।

१० स्थानीय तह रहेको सल्यानमा कुन पालिकामा माओवादी केन्दको तर्फबाट को उम्मेदवार ? भन्ने यतिबेला सर्बत्र चासो बढेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार, ,  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्