हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्बाचनमा बागचौर नगरपालिका सल्यानबाट निर्बाचित तिन जना वडा अध्यक्षले अरुलाई मौका दिने भन्दै आफ्नो पद नदोहोर्‍याउने निर्णय गर्नुभएको छ।

गत २०७४ को स्थानीय तहको निर्बाचनमा बागचौर-१२,बाट निर्बाचित वडा अध्यक्ष दीपक ओलीले माओवादी केन्द्रको केन्द्रीय र प्रदेश कमिटीको सकेसम्म आफ्नो पद नदोहोर्‍याउने निर्णय अनुरुप आफुले पुनः सोही पदमा दाबि नगरेको जानकारी दिनुभयो ।

राजनितिमा युवाले आफ्नो भुमिका खोज्ने मात्र नभै केहि नयाँ सन्देश दिनसक्नुपर्ने भन्दै उहाँले भन्नुभयो,” म २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत यस बागचौर नगरपालिका-१२, को वडा अध्यक्षमा निर्बाचित भएको कुरा सबैमा सर्बबितितै छ ।
अब आउदै गरेको २०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचनको सन्दर्भमा हाम्रो पार्टी नेकपा(माओवादी केन्द्र) को केन्द्रीय निति र प्रदेश समितिको निर्णयलाई आत्मसाथ गर्दै म आफू नदोहोरिने निर्णय सबैमा जानकारी गर्दछु र सबै तहका आकांक्षि कमरेडहरुलाई राजनीतिक संस्कार र पार्टीको निति र पद्धति अनुरुप एकले अर्कोलाई सहमती गरि टुंगो लगाउन  हार्दिक अपील गर्दछु ।”

यस्तै बागचौर नगरपालिका वडा नम्बर-११ मा गत २०७४ को स्थानीय तहको निर्बाचनबाट निर्बाचित वडा अध्यक्ष मोहनलाल खड्काले पनि आफु अब १० बर्ष कुनै सार्बजनिक पदमा उम्मेदवार नबनेर नयाँलाई सहयोग र समर्थन गर्दै पार्टी काममा खटिने जानकारी दिनुभयो। खड्काले आफुले अग्रजलाई सम्मान गर्न र पार्टीको केन्द्रीय र प्रदेश कमिटीको निर्णय पालना गर्ने थिति बसाउन पनि आफु पुनः उम्मेदवार नहुने बताउनुभयो । उहाँले भन्नुभयो,”म २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत यस बागचौर नगरपालिका -११,को वडा अध्यक्षमा निर्बाचित भएको कुरा सबैमा सर्बबितितै छ । अब आउदै गरेको २०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचनको सन्दर्भमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय निति र प्रदेश समिति को निर्णय लाई अत्मसाथ गर्दै म आफू नदोहोरिने निर्णय सबैमा जानकारी गर्दछु ।

साथै अबको १० वर्ष पार्टीको तर्फबाट सार्वजनिक पदमा मेरो दाबी नरहने पनि जानकारी गराउँदछु । अब उप्रान्त यस वडामा म वडा अध्यक्ष दाबी नगर्ने पनि घोषणा गर्दछु । सबै तहका आकांक्षि कमरेडहरुलाई राजनीतिक संस्कार र पार्टीको निति र पद्धति अनुरुप एकले अर्कोलाई सहमती गरि टुंगो लगाउन हार्दिक अपील गर्दछु । पार्टीको जीतलाई आफ्नो जीत ठान्दै पार्टीको निर्णयलाई सधैं आत्मसाथ गर्दै अगाडि बढ्ने प्रण गर्दछु ।

मलाई अपेक्षा गरी मलाई अगाडि बढाउन मेहनत गर्ने सम्पूर्ण आत्मीय मन, पार्टी कार्यकर्ता र अग्रज नेता गणहरुलाई विशेष धन्यवाद दिन चाहन्छु पार्टीले जित्नु नै मैले जित्नु हो ,पार्टीको उम्मेदवार आउनु नै मा उम्मेदवार हुनु हो। ११ नम्बर वडा पार्टी कार्यकर्ताको इच्छा पूरा गर्न नसकेकोमा क्षमा चाहन्छु ।”

बागचौर नगरपालिका-४,बाट गत स्थानीय तहको निर्बाचनबाट वडा अध्यक्षमा निर्बाचित प्रेम बहादुर पुनले समेत पार्टीका नयाँ साथीहरूलाई पालो दिने भन्दै आफु पद नदोहोर्‍याउने निर्णयमा पुगेको बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार, ,  ३ : २६ बजे

प्रतिक्रिया दिनुहोस्