हामी परिक्षण प्रसारणमा छौ




सल्यान । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सल्यानमा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ।

बुधबार सल्यानको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गर्नुभएको छ।

बुढाथोकीले  आफुले प्रयोग गर्दै आएको बा २ झ ४५३५ नम्बरको स्कोरपियो गाडीको चाबी प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई आज हस्तान्तरण  गर्नुभएको छ।

स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएपछी जिम्मेवार जनप्रतिनीधीहरुद्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको नगरप्रमुख बुढाथोकीको भनाई छ । तस्वीर : शिबराज केसी

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार, ,  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्