हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा (माओवादी केन्द्र) त्रिबेणी गाउँपालिका सल्यानले पालिका अध्यक्ष र उपाध्यक्षका लागि पार्टी को तर्फबाट सर्वसम्मत उम्मेदवार टुंग्याएको छ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्र त्रिबेणी गाउँ कमिटीको बैठकले पालिका अध्यक्षमा राजेन्द्र कुमार थापा (आर के) र उपाध्यक्षमा लिलावति बुढालाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरि पार्टीको माथिल्लो निकायमा सिफारिस गरेको हो।

बैठकले थापा  र बुढा को नाम सर्वसम्मत पार्टीको माथिल्लो निकायमा सिफारिस गरि पठाएको  वाइसीएल नेपाल सल्यानका अध्यक्ष समेत रहनुभएका राजेन्द्र कुमार थापाले सल्यानन्युज लाई जानकारी दिनुभयो ।

बैठकले गठबन्धन भएको खण्डमा पार्टीको भागमा पालिका अध्यक्ष वा उपाध्यक्ष जुन पद परे पनि थापा लाई नै उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र त्रिबेणी गाउँ कमिटीले  जनाएको छ।

युवामाझ लोकप्रिय थापा सल्यानमा युवा व्यवसायिका रुपमा समेत परिचीत हुनुहुन्छ । यस्तै पालिका उपाध्यक्ष  को उम्मेदवार लिलावति बुढा चर्चित लोकदोहोरी गायिकाको रुपमा परिचीत  हुनुहुन्छ ।


प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्