हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा एमाले दार्मा गाउँपालिकका सल्यानले पालिका अध्यक्ष  र उपाध्यक्ष का लागि आफ्ना उम्मेदवारको अन्तिम छनौट गरेको छ।

आउँदो स्थानीय तहको निर्वाचनका लागि एमालेको दार्मा गाउँ कमिटीको बैठकले पालिका अध्यक्षमा गणेशमान सिंह र उपाध्यक्षमा पुतला खड्का रोकाएलाई उम्मेदवार बनाउने निर्णय गरि सिफारिस गरेको हो।

पार्टीको गाउँ  कमिटी बैठकले दुबै उम्मेदवार सर्बसम्मत टुंगो लगाइ पार्टी जिल्ला कमिटी सल्यानमा नाम सिफारिस गरि पठाएको एमाले दार्माका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य गणेशमान सिंहले सल्यानन्युज लाई जानकारी दिनुभयो।

एमाले दार्मा इन्चार्ज तथा जिल्ला कमिटी सदस्य  सिंहका अनुसार पार्टीले दार्मा का ६ वटै वडामा उम्मेदवार सर्बसम्मत छ्नौट गरि आउँदो बैशाख ३० गते हुने निर्वाचनका लागी घर दैलो अभियान तथा भेटघाटलाई तीब्रता दिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार, ,  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्