हामी परिक्षण प्रसारणमा छौ





नेकपा (माओवादी केन्द्र) बागचौरले प्रचार प्रसार अभियानलाई तीब्रता दिएको छ । यहि बैशाख १२ गते मनोनयन दर्ता गरेको माओवादीले हिजो मंगलबारदेखि बागचौर वडा नम्बर – ४,बाट आफ्नो चुनाव प्रचार प्रसार अभियान सुरु गरेको हो । नगर प्रमुखका उम्मेदवार कृति बहादुर पुन (प्रकान्ड) र उपप्रमुखका उम्मेदवार सुम्निमा डिसी सहितको टोलीले चुनाव प्रचार थालेको हो ।

उम्मेदवारसहितको टोलीले वडा नम्बर-४, का विभिन्न टोलबाट हिजोदेखि घरदैलो सुरु गरेको माओवादी केन्द्रका बागचौर नगर अध्यक्ष शोभाराम भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार घरदैलोका क्रममा उम्मेदवारलाई स्थानीयले बधाई र शुभकामना दिइरहनुभएको छ ।

यस्तै घरदैलो अभियान आज वडा नम्बर-१, का विभिन्न टोलमा प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेर अहिले वडा नम्बर-३ मा समेत चलिरहेको माओवादी केन्द्र बागचौरले जानकारि दिएको छ । हिजो र आज भएका कार्यक्रममा बोल्दै नगर प्रमुख का उम्मेदवार तथा माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुन (प्रकान्ड) ले यसपटक पनि नगरमा माओवादीको जित हुने बताउनुभयो । स्थानीय सरकार गाउँसम्म ल्याउने, समानुपातिक, समावेशिता, संघीयता र गणतन्त्र ल्याउने माओवादीलाई आधिकारीकता दिन जनताहरु अहिले पनि आतुर रहेको नेता प्रकान्डको भनाई छ ।

नगर प्रमुखको उम्मेदवार समेत रहनुभएका पुनले २०७४ सालमा बागचौर नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय सरकारले बागचौरका १२ वटै वडामा गरेको विकासका कामले जनताहरु थप उत्साहित भएर यसपटक माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आतुर भएर बसेको बताउनुभयो ।

यस्तै नगर उपप्रमुखको उम्मेदवार सुम्निमा डिसि वलीले समृद्ध बागचौर नगर निर्माण गर्नका लागि माओवादी केन्द्रका उम्मेदवारहरु सक्षम भएको हुनाले माओवादीको विकल्प नभएको बताउनुभयो । हाल लोकमान बुढाथोकी र कल्पना पुनले नेतृत्वमा नगर कार्यपालिकाले गरिरहेको विकासका कामहरुको निरन्तरता र नगरलाई गुरुयोजना बनाएर सम्बृद र सुन्दर बनाउने आफ्ना मुख्य एजेन्डा रहेको उपप्रमुखको उम्मेदवार सुम्निमा डिसि वलीले बताउनुभयो। 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार, ,  ५ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्