हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं,१७ वैशाख । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाउनुभएको छ । चुनाव चिन्ह लिन राष्ट्रिय सभागृह पुग्नुभएका शाहलाई निर्वाचन आयोगले शनिबार मध्यान्ह लौरो चुनाव चिन्ह दिएको हो ।

निर्वाचन आयोगले आफुलाई लौरो चुनाव चिन्ह दिएपछि बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘चुनाव चिन्ह लौरो बूढाबूढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने।’

काठमाडौं महानगरमा गठबन्धनबाट साझा उम्मेदवार कांग्रेसबाट सिर्जना सिंह, एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । महानगरको मेयर पदमा अन्य थुप्रै स्वतन्त्र उम्मेदवार रहेपनि पछिल्लो समय बालेन शाहको चर्चा चलेको पाइन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार, ,  १ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्