हामी परिक्षण प्रसारणमा छौ

रेडियो राप्ती एफएम १४ बर्षमा प्रवेश

रेडियोले सत्य,तत्थ्य र निस्पक्ष समाचार दिनुपर्छ : अघिकारी



 

सल्यान । सल्यानको पहिलो सामुदायिक रेडियो ‘रेडियो राप्ती एफ.एम. १०४.८’ मेगाहर्जले शुक्रबार १३ औँ बार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सव को अबसरमा रेडियोलाई शुभकामना दिदै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले पछिल्लो समयमा सञ्चारका बिभिन्न माध्यमहरु स्थापना तथा सञ्चालन भएपनि रेडियोप्रतिको नागरिकको बिश्वास नघटेको बताए ।
मेयर अधिकारीले भने ‘अहिले छिटो सुचना प्रवाह गर्ने होडवाजीमा लागेर गलत सुचना प्रवाह भैरहेका छन्, सामाजिक सञ्जाल तथा अनलाइन प्रति नागरिकको बिश्वास कम भएको छ, यस्तो अबस्थामा नागरिकको सुचनाको भरपर्दो माध्यम नै रेडियो हो ।’

 

उनले रेडियोले अहिलेसम्म प्राप्त गरेको बिश्वासलाई जीवन्त राख्नको लागी सक्रियताका साथ लाग्न पनि रेडियो राप्ती परिवारलाई आग्रह गर्दै भने ‘आवाज विहिनको आवाजको रुपमा रेडियोले काम गर्नुपर्छ, रेडियो समाजको ऐना हो, यसले सत्य र तथ्य मात्रै बोल्नुपर्दछ ।’

रेडियो राप्तीको सञ्चालक संस्था शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले समुदायका नागरिकले समुदायका लागी नै रेडियो स्थापना गरेकाले समाजको भलाई र हितमा हुने गरी काम गर्न सुझाव दिएका थिए ।
सोही कार्यक्रममा सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले छिटो सुचना प्रवाह गर्दा गलत सन्देश समाजमा जानेभएकोले सत्यतथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

सल्यानका सक्रिय पत्रकार खकेन्द्र केसीले जिल्लामा दर्जनौँ सञ्चार माध्यम स्थापना भैसकेको अबस्थामा रेडियो राप्तीले अभिभावकिय भूमिका निर्वाह गरेको र आमनागरिकबाट पाएको बिश्वासलाई जीवन्त राख्न अझै सक्रियताका साथ काम गर्न सुझाव दिए ।

शारदा मिडिया संगमका अध्यक्ष तथा नेकपा सल्यानका युवा नेता रमेश गौतमले सुचनाको पहुँचबाट टाढा भएका नागरिकहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्धेश्यले २०६४ साल मंसिर २६ गते रेडियो नियमित प्रशारणका रुपमा आएको बताए । कार्यक्रमको सहजिकरण रेडियोका प्रशासनिक प्रमुख शिव डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार, ,  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्