हामी परिक्षण प्रसारणमा छौ



बैशाख १८, सल्यान – नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै पार्टी भित्रका जिम्मेवार नेताहरुलाई एक विज्ञप्ति सहित कार्वाही गरेको छ ।
विज्ञप्ति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिका भित्र विभिन्न जिम्मेवारी रहि काम गर्दै आएका र हाल स्थानीय निर्वाचनमा पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै आजको मिति देखि पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको जनाएको  छ ।

कार्वाही पर्नेहरुमा नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. ६ वडा कमिटी सचिव चन्द्र प्रकाश वली,  नगर कमिटी सल्लाहकार सदस्य बागचौर नगरपालिका वडा नं. ९ का सेर बहादुर वली, टेक बहादुर वली टोल समिति सदस्य बागचौर नगरपालिका वडा नं. ९, चित्र बहादुर डाँगी क्षेत्री पार्टी सदस्य बागचौर नगरपालिका वडा नं. २ रहेको उक्त पार्टीले जनाएको छ।

यसैगरी कार्बाहि पर्नेहरुमा कृष्ण कुमार खड्का नगर कमिटी सदस्य बागचौर नगरपालिका वडा नं. १०, नेत्रलाल अधिकारी वडा समिति सदस्य बागचौर १० र बागचौर नगरपालिका वडा नं. १० कै पार्टी सदस्य रुपी कुमारी घर्ती रहेको माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारी र सचीव दिपक वलीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजबादि बिच गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा माओवादी केन्द्रका असन्तुष्ट कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार, ,  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्