८ जेठ,सल्यान । स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्दै माओवादी केन्द्रको बागचौर नगर कमिटीले कर्णाली प्रदेश सदस्य तथा बागचौर नगर का पुर्व मेयर लोकमान बुढाथोकी लगायत केहि नगर कमिटी सदस्यहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।

शनिबार बागचौरमा बसेको नगर कमिटीको  तेस्रो बिस्तारित बैठकले माओवादी केन्द्र को विधान बमोजिम उक्त कारबाहीको लागि सिफारिस गरेको जनाएको छ। कारबाही गरिएका अन्य सदस्यहरूमा डिल्ली वली, कृष्ण खड्का लगायत रहेको नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले जानकारी दिए। नगर र वडामा माओवादी केन्द्रबाट उठाइएका आधिकारिक उम्मेदवारहरूलाई पराजित गराउन नेकपा एमाले तथा नेपाली कांग्रेससँग मिलेमतो गरेको आरोप लगाइएको पार्टी ले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बागचौर नगरपालिका वडा नं. ८ र ९ काे पार्टी चुनावी कमान्ड इन्चार्ज समेत रहेका बुढाथोकीले केहि दिनअघि आफ्नो वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएको भन्दै  बुढाथोकीले कमान्ड इन्चार्जकाे जिम्मेवारीबाट नैतिकताको आधारमा सामाजिक संजाल फेसबुक मार्फत राजिनामा दिइसकेका छन् ।

शनिबार बागचौर नगर कमिटीले बुढाथोकीलाई हदै सम्मको कारबाहि माग गर्दै जिल्ला समन्वय समिति सल्यान र पार्टी को कर्णाली प्रदेश समिति समक्ष सिफारिस गरेपनि जिल्ला र प्रदेश समितिबाट हालसम्म कुनै निर्णय आउन सकेको छैन ।

Error generating audio.

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार, ,  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्