हामी परिक्षण प्रसारणमा छौ



१० जेठ ,दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को वडाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खुसीराम चौधरीले एमालेका मानबहादुर खत्रीलाई २१० मतले पछि पार्दै विजयी भएका हुन् ।

कुल खसेको मत ४५६५ मध्ये खुशीराम चौधरीले २००४ मत ल्याएका थिए, भने खत्रीले १७९४ मत ल्याएका थिए । त्यस्तै सदस्यहरुमा महिला सदस्य कमला घर्ती मगर, विमला विश्वकर्मा, धनराज गौतम र शेषमणी भण्डारी विजयी भएका छन् । यो संगै वडा नं.१२ मा गठबन्धन को प्यानल नै विजयी भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार, ,  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्